fbpx

पत्रपत्रिकामा देश : ओलीबाट धोका भएको प्रचण्डको गुनासो

विराटनगर ३ कात्तिक । ऋणमा लगाम लगाएपछि घरजग्गाको मूल्य र किनबेच नै घटेको छ । बैंक तथा वित्तिय संस्था घरजग्गाको ऋण भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन् । यो खबर अन्नपूर्ण पोष्टमा छ ।

व्यवसायीहरु घरजग्गाको कारोबार फस्टाउने आशमा एक बैंकबाट ऋण लिएर अर्काे बैंकलाई तिर्दै छन् । तर विश्वबजारसँगै नेपालमा पनि घरजग्गाको कारोबार घट्दो छ । घरजग्गाको मूल्य अझ घट्न सक्ने आईएमआई समूहका बजार विश्लेषक प्रकाश तिवारीले बताए । काठमाडौंको कतिपय स्थानमा घरजग्गाको मूल्य तीन वर्षको विन्दुमा पुगेको छ ।

नयाँ पत्रिका दैनिकले आइतबारपनि रौतहटको इँटाभट्टा काण्डमा संसाद मोहम्मद अफताफ आलमको योजना र सहयोगीकै विषयमा फलो अप मुख्य समाचार छापेको छ । साँझ आलमको गाँउमा विस्फोट हुदाँ मृृत्यु भएका तथा घाइते भएकाहरुलाई इँटाभट्टामा लगेर जलाइएको थियो । घटनामा २० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यही राती नै आलमको घर छेउको इलाका प्रहरी कार्यालय राजपुरका इन्पेक्टर इन्द्र सुवेदीको सरुवा गरिएको थियो । राती १० बजे इन्द्रको सरुवा भएपछि ११ बजे घटनामा घाइते भएका तथा मृतकलाई इँटाभट्टामा लगेर जलाइएको थियो ।

घटनामा संलग्न आलमका विश्वासपात्र सखी मोहम्मद पक्राउ गरेको प्रहरीले अनुसन्धान गरिरहेको छ । आलमका विश्वासपात्र भएकाले सखीको भने बम विस्फोटमा परि घाइते भएपनि उपचार गरिएको थियो । उनको पेटमा आधा दर्जन खत रहेको छ ।

न्याय खोज्दाखोज्दै मारिइन् आमा शिर्षकमा बम विस्फोटको घटनामा ज्यूँदै जलाइएका छोरा ओसी मोहम्मदकी आमा रुक्सानाको पनि रहस्यमय हत्या भएको समाचार कान्तिपुरले मुख्य समाचार छापेको छ ।

ओली र प्रचण्डबीच उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने सहमति भएको छ । सभामुख पद नेकपाको लागि सुरक्षित गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको हो । सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै छ ।

ओलीले धोका दिएको प्रचण्डले गुनासो गर्न थालेका छन् । प्रचण्ड सचिवालय सदस्यहरुसँग आलोपालो प्रधानमन्त्रीभन्ने समझदारी भएपनि ओलीको गतिविधिबाट त्यो पालना नहुने महसुस गर्दै दौडधुपमा व्यस्त भएका छन् । दाहालले केहीदिन अघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका नागरिक दैनिकमा खबर छ । प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समझदारीबाट पछि हट्ने संकेत गरेको बताउँदै सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढ्नु पर्ने बताए ।

Loading...