fbpx

चेल्सीको जितमा एलोन्सोको गोल

विराटनगर, ३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आफ्नो पाँचौं जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले न्यूकासविरुद्ध १–० गोलको जित निकालेको हो ।

dsf

आफ्नै मैदानमा भएको उक्त खेलमा चेल्सीलाई जिताउन मार्कोस एलोन्सोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७३औं मिनेटमा एलोन्सोले गोल गर्दै चेल्सीलाई जिताए ।

यस जितसँगै अंक तालिको चौथो स्थानमा रहेको चेल्सीले ९ खेलबाट १७ अंक बनाएको छ । यता, पराजित न्यूकास भने ८ अंकका साथ १८औं स्थानमा छ ।

Loading...