fbpx

१० खेलाडीमा सीमित भ्यालेन्सियासँग बराबरीमा रोकियो एथ्लेटिको

विराटनगर, ३ कात्तिक । स्पेनिस ला लिगमा साबिकको उपविजेता एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

er

आफ्नै मैदानमा भएको उक्त खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एथ्लेटिको बराबरीमा रोकिएको हो । खेलको ३६औं मिनेटमा डिएगो कोस्टाले पेनाल्टीमार्फत् गोल गरेका थिए । उनको गोलमा एथ्लेटिकोले पहिलो हाफभरि १–० गोलको अग्रता बनायो ।

तर, खेलको ८२औं मिनेटमा भ्यालेन्सियाका डेनिलो परेजोले गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । यस्तै खेलको इन्जुरी समयमा भ्यालेन्सिया १० खेलाडीमा सीमित बन्न पुग्यो । उसका ली काङ–इनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै चौंथो स्थानको एथ्लेटिकोले ९ खेलबाट १६ अंक जोडेको छ । सातौं स्थानको भ्यालेन्सियाले १३ अंक जोडेको छ ।

Loading...