fbpx

नवप्रवेशी क्लबसँग स्तब्ध भएपछि रियल मड्रिडले गुमायो बार्सिलोनालाई उछिन्ने मौका

विराटनगर, ३ कात्तिक । स्पेनिस ला लिगामा रियल मड्रिडले हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा नवप्रवेशी क्लब आरसीडी मार्लोकासंग १–० ले पराजित भएको हो ।

asf

मल्लोर्काकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन लागो जुनियरले निर्णायक गोल गरेका थिए । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै रियललाई हराउन निर्णायक बनेको थियो । दोस्रो हाफको ७४औं मिनेटमा रियल १० खेलाडीमा सीमित बन्न पुगेको थियो । उसका खेलाडी अल्भारो ओड्रिजोलाले रातो कार्ड खाँदै मैदाबाट बाहिरिएका थिए ।

रियलको यो सिजनको पहिलो हार हो । यसअघि उसले ८ खेल खेल्दा ५ खेलमा जित ३ खेलमा बराबरी खेलेको थियो । तर, नवप्रवेशी क्लबसँग हारेपछि उसले शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ ।

शनिबारको खेलमा जित निकाल्दै बार्सिलोनाले तालिकाको शीर्ष स्थान बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ । तालिकाको दोस्रो स्थानमा रहेको रियलसँग १८ अंक छ । शीर्ष स्थानको बार्सिलोनासँग भने १९ अंक छ ।

यता, रियललाई हराएको मल्लोर्का भने १० अंक जोड्दै तालिकाको १४औँ स्थानमा छ । जितअघि मल्र्लोका रेलिगेशन जोनमा रहेको थियो ।

Loading...