fbpx

प्रिमियर लिग : म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

विराटनगर, ३ कात्तिक । इंग्लिस प्रिमियर लिगअन्तर्गत साबिकको विजेता म्यानचेस्टर सिटीले जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेसविरुद्ध २–० गोलको जित निकालेको हो ।

af

क्रिष्टलको घरेलु मैदानमा भएको उक्त खेलमा सिटीलाई जिताउन ग्राबियल जिसस र डेभिड सिल्भाले समान एक–एक गोल गरे । जेससले खेलको ३९औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए ।

यस्तै खेलको ४१औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । उनको गोलमा पहिलो हाफभरि सिटीले २–० गोलको अग्रता बनायो । तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा सिटीले उक्त खेल २–० गोलले जित्यो ।

यस जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । ऊ शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलसँग २४ अंक छ । यता, पराजित क्रिष्टल भने १४ अंकका साथ छैटौं स्थानमा छ ।

Loading...