fbpx

मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

सुनसरी, २ कात्तिक । सवारी दुर्घटना परी एक प्रहरी जवानको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका– २ दंगा नियन्त्रण प्रहरी गण दुहबीको गेट अगाडी मोटरसाईकल दुर्घटना हुँदा १ जना प्रहरी जवानको मृत्यु भएको हो । दुर्घटनामा अर्का प्रहरी जवान घाइते भएका छन् ।

शनिबार कार्यालयको कामको सिलसिलामा स ७ प ७२३८ नम्बरको मोटरसाईकलमा जिल्ला प्रहरी कार्यालय सुनसरी तर्फ जाँदै गर्दा प्रहरी जवान सुजन रेग्मी र किरण कठेत सवार माेटरसाइकलाई बिपरित दिशा तर्फ जाँदै गरेको को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका– १३ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत २८ बर्षिय प्रहरी जवान सुजन रेग्मी र पछाडी सवार मोरङको गोविन्दपुर– १ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत २८ बर्षिय प्रहरी जवान किरण कठेत गम्भिर घाइते भएका थिए ।

घाइते मध्ये प्रहरी जवान सुजन रेग्मीको नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । किरणको गम्भिर अवस्थामा उपचार भइरहेको छ ।

ठक्कर दिने बसलाई दंगा नियन्त्रण प्रहरी गण दुहबी नियन्त्रणमा लिएको छ । बस चालक सुनसरीको भोक्राहा गाउँपालिका– ३ बस्ने ३९ बर्षिय पंच नारायण मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा छन् ।

Loading...