fbpx

मोरङमा २१२ जनामा डेंगु, एक जनाको मृत्यु

शिवहाङ राई

विराटनगर,२ कात्तिक । मोरङमा दुई सय १२ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार तीन महिनामा अवधीमा दुई सय १२ जनामा डेंगुको संक्रमण देखिएको हो । सो अवधीमा डेंगुका कारण एक जनाको ज्यान गएको थियो ।

गत बैशाखमा २९ गते सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण मोरङ, झापापछि देशका विभिन्न स्थानमा देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार गत असार, साउन र भदौमा २ सय १२ जना डेंगुको संक्रमण देखिएको थियो भने एकजनाको मृत्यू भएको थियो । डेंगुका कारण विराटनगर– १० का १८ वर्षिय अभिनास शर्माको मृत्यु भएको थियाे ।
स्वास्थ्य कार्यालयका अनुसार गत असारमा ९६ जना डेंगु देखिएको थियो । गत साउनमा ७६ र भदौ महिनामा ४० जनामा डेंगु देखिएको थियो । संक्रमित मध्ये ६८ महिला र १४४ पुरुष छन् । डेंगु पूर्ण रुपमा नियन्त्रणमा अझै आएको छैन् । तर यसको सङ्क्रणमा धेरै कमी आएको स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

स्थानीय तहसँगको समन्वयमा डेंगु नियन्त्रण उन्मुख रहेको उनले बताए । ‘खोज र नष्ट गर’ भन्ने अभियान सफल रुपमा सञ्चालन भएका कारण डेंगु संक्रमणमा कमी आएकोे बस्नेतको भनाई छ । ‘मनसुनपछि देखा पर्ने डेगुं यसपल्ट अगावै देखापर्नु दुर्भाग्य हो, देशमै भयावह स्थीति पनि निम्त्यायो,’ बस्नेत भन्छन्, ‘तर अब यस्तो स्थिति फेरि नदोहोरिनेमा म विश्वस्त छु ।’

यसरी जाेगिन सकिन्छ 

डेंगु लामखुट्टृेको टोकाइबाट सर्ने रोग हो । यसको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । सकेसम्म शरीरलाई पुरै ढाक्ने कपडा लगाउनुपर्छ । घर वरपर फोहोरमैला झाडीँ राख्नु हुँदैन् । सफा पानी धेरै दिनसम्म जमेर रहने ठाउँहरुमा डेङ्गु सार्ने लामखुट्टेले अण्डा पार्ने भएकाले त्यस्ता पानी जम्ने खाल्डाहरु पुर्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट सकेसम्म बच्न राति सुत्दा झुलको प्रयोग गर्नुपर्छ । शरीरमा लामखुट्टेले नटोकोस् भत्रका लागि क्रिम वा लामखुट्टे धुपको प्रयोग सकिन्छ । लामखुट्टेको प्रवेश रोक्न झ्याल, ढोकाहरुमा जालीको प्रयोग गर्न सकिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेगुंको सङ्क्रमण चितवन आएका विदेशी पर्यटकमा देखा परेको थियो । सन् २००६ बाट नेपालमा डेगुं प्रकोपको रुपमा क्रमशः बढ्दै गयो । त्यस यता नेपालमा डेगुंका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

सन् २०१७ मा दुई हजार एक सय एघार जनामा यो सङ्क्रमण देखिएको थियो । त्यसपश्चता यो वर्ष संक्रमण बढी देखिएको हो । नेपालमा डेगुं भारतलगायत अन्य देशबाट आएको भनिए पनि रैथाने डेगुं भाइरस पनि देखा पर्न थालेको छ । विशेषतः उष्ण क्षेत्रमा देखा पर्ने यो रोग जलवायु परिवर्तनसँगै तापमानमा वृद्घि भएकाले काठमाडौं उपत्यका र पहाडी भू–भागसहित नेपालका ४५ भन्दा बढि जिल्लाहरुमा देखा परेको छ ।

नेपालमात्र होइन विश्वका एक सय दश मुलुक डेगुं रोगबाट प्रभावित छन् । विश्व स्वास्थ्य सगंठनले समेत डेगुं रोगलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेका छ । संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो संगठनले जनाएको छ ।

(शिवहाङ राई कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन्)

Loading...