fbpx

कवि शशिकिरणको बधाई छ ! विमोचन

विराटनगर ,२ कार्तिक । शसस्त्र जनयुद्धमा सहभागी भएको लामो अनुभव सँगालेका नेकपा मोरङका सचिव गणेश उप्रेती ‘ शुसिल’ ले बधाई छ ! नामक कविता सँग्रह प्रकाशन गरेका छन ।
राजनैतिक बिकृतीकागि व्यङग , साँस्कृति रुपान्तरणकालागि घोचपेच र राजनैतिक उथलपुथलले दिएको पीरहरु झल्काउने चेत भएको कविता सँग्रह बधाई छ ! गणेश उप्रती ‘ शुसिल’ ले साहित्यक नाम शशिकिरणको नामबाट प्रकाशनमा ल्याएका हुन ।
शनिवार बिराटनगरको आरोहरण गुरुकुलमा कोशी साँस्कृतिक प्रतिष्ठानको आयोजनामा एक नम्बर प्रदेशका मुख्य मन्त्री जिवन घिमिरे र प्राज्ञ विवश पोखरेलले कवि शशिकिरणको कविता सँग्रह बधाई छ ! विमोचन गरेका छन । कविता सँग्रह बिमोचनपछि मन्त्री घिमिरले परिवर्तनकामीहरुको त्याग र वलिदानले गर्दा नै देशमा गणतन्त्र आएकोले सबैले गर्व गनुपर्छ भने ।
५२ वटा कविता रहेको बधाई छ ! मा क्रान्ति चेतले भरिएका कविताहरु संग्रहित भएको राष्ट्रिय सभा सदस्य तथा साहित्कार खेम नेपालीले वताए । प्राज्ञ विवश पोखरेलले शशिकिरणका कविताहरु काल्पनिक नभएर समाजिक यर्थाथमा आधारित छन भने । साहित्कार सिमा अभाषले राजनैतिक नेताहरुको मुख्य प्रतिपक्षी साहित्य नै भएकोले नेता भएर बोल्न नसक्ने कुराहरु गणेश उप्रती शुसिलले कवि शशिकिरण भएर बोल्न सफल भएको वताइन । उनले नेता कार्यकर्ताले स्तुती गाए रुचाएपनि कविले जहिल्यै बिद्रोहको चेत वोल्ने भएकोले शशिकिरणका कविताहरु पनि क्रान्तिकारी बिद्रोही चेतले भएको पाइएको हो भनिन । साहित्यकार वलराम पोखरेलले बधाई छ ! कविता सँग्रह परिवर्तनकालागि पीर वोकेको संग्रह हो भने ।
कवि शशिकिरणले यसअघि जनयुद्धमै आधारित फुलमति कहिल्यै घर फर्किन , कथा सँग्रह प्रकाशन गरिसेका छन ।

Loading...