fbpx

२४ वर्षमा पनि दमक चक्रपथको ट्र्याक नै पुरा भएन्

दमक २ कात्तिक । दमकमा चक्रपथ निर्माण सुरु भएको २४ वर्ष पुग्दा पनि पुरा भएको छैन् । चक्रपथको ट्र्याक खोल्ने काम नै पुरा भएको छैन् । ३३ किलोमिटरको दमक चक्रपथको पूर्वपश्चिम राजमार्ग दक्षिण खोला किनारमा सडक बनाउनु पर्ने भएको कारण ट्र्याक पूरा हुन बाँकी रहेको सडक डिभिजन दमकले जनाएको छ। कार्यालयका इन्जिनियर विपिन ढुंगानाले राजमार्ग दक्षिणमा करिब १ किलोमिटर ट्र्याक पूरा हुन बाँकी रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा पर्ने यो सडकले केही समय अघि राष्ट्रिय राजमार्गको मान्यता पाएको छ। यो मान्यतासँगै बजेटको पनि व्यवस्था भएकाले यो कार्य समेत चाँडै पूरा हुने सडक डिभिजन कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पूर्वाधार क्षेत्र संयोजन गर्ने सचिवालय सदस्य होमबहादुर थापाले दमकको चक्रपथ पूरा गर्ने दायित्व अब संघीय सरकारको भएको भन्दै यसको निर्माण नरोकिने बताए ।
३३ किलोमिटरको चक्रपथ निर्माणका लागि यो आर्थिक वर्षमा १७ करोड रुपैयाँ बिनियोजन भएको सडक डिभिजनले जनाएको छ। यसअघिसमेत चक्रपथको केही भागमा कालोपत्रे भएको छ। केही ठाउँमा कालोपत्रे हुने क्रम जारी छ। चक्रपथको निर्माण कार्यले गति पाउने नगरपालिकाको भनाई छ। नगरको दीर्घकालीन विकास र सहरीकरणलाई विकेन्द्रीत गर्ने लक्ष्यसहित चक्रपथको अवधारणा ल्याइएको नगरप्रमुख रोमनाथ ओलीले बताए। तत्कालीन समयमा समेत नगरप्रमुख रहेका ओलीले निर्माण कार्य तीव्र रुपमा अघि बढ्ने बताए ।

Loading...