fbpx

प्रदेश १ बाट अपाङ्गता उन्मूलन गरिने

विराटनगर २ कात्तिक । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आरम्भ गर्दै प्रदेशमा अपांगता उल्मूलन गरिने बताएका छन् । विराटनगर उपमहानगरपालिका–५ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै उनले यस्तो बताए ।

उनले लक्षित वर्गलाई अभियानमा सहभागी बनाउन सहयोग पु¥याउन सबैसँग आग्रह गरे । मन्त्री घिमिरेले प्रदेशबाट चार वर्षभित्र अपाङ्गता उन्मूलनका लागि ३ वर्षभित्र १ सय ३७ स्थानीय निकायमा केन्द्र स्थापना गरिने बताए । यसको सुरुआत यस वर्ष २७ स्थानबाट गरिने उनको भनाई छ । विगतमा औलो, पोलियो र विफरजस्ता रोगको उन्मूलन भएजस्तो रोग लाग्न नदिन प्रदेश सरकारले चलाएको अभियानलाई सहयोग पु¥याउनुपर्नेमा उनको जोड छ ।

शनिबार (आज) र आइतबार ६ महीनादेखि पाँच वर्षसम्मका मोरङमा एक लाख नौ हजार बालबालबालिकालाई भिटाभिन ‘ए’ तथा १ वर्षदेखि पाँच वर्षसम्मका ९७ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने प्रदेशका जिल्ला स्वास्थ्य कार्यक्रम अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रममा कुपोषणग्रस्त भएका ६ महीनादेखि २३ महीनासम्मका बालबालिकाको पाखुरा नापी ‘बालभिटा’ चक्की दिनको एकका दरले २ महीनासम्म खुवाउन वितरणको व्यवस्था गरिएको छ ।

Loading...