fbpx

चम्पादेवीमा एक्सरे सेवा सुरु

ओखलढुंगा २ कात्तिक । ओखलढुंगाको दुर्गम गाउँ रानीवनमा एक्सरे सेवा सुरु गरिएको छ । चम्पादेवी गाउँपालिका–१० मा रहेको रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा सुरु गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्वास्थ्यचौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको करीब २४ वर्षपछि एक्सरे सेवा सुरु गरिएको हो ।

स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाएर सेवा थप गरिएको वडा १० का अध्यक्ष उज्जवन बुढाथोकीले बताए । स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको पहलमा एक्सरेसहितको सेवा सुरु गरिएको उनको भनाई छ । दक्ष जनशक्ति, विद्युतसहित आवश्यक पूर्वाधारको अभावका कारण मेसिन दुई वर्षदेखि थन्किएर राखिएको थियो । गाउँपालिकाको ७ लाख सहयोगमा आवश्यक सामान खरीद र पूवार्धार निर्माण गरिएको छ ।

गाउँमै ऐक्सरेसहितको स्वास्थ्य सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् । ऐक्सरे सेवा शुरु गरेको पहिलो दिन शुक्रबार मात्रै २५ जनाले सेवा लिएका छन् । गाउँमै ऐक्सरे हुन थालेपछि जाँच गराएको वडा १० की श्याममाया तामाङले बताइन् । सामान्य स्वास्थ्य समस्या भए पनि रामेछापको मन्थली वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य केन्द्रमा एक चिकित्सकको दरबन्दी छ । अहिले दुई अन्य चिकित्सक करारमा कार्यरत छन् ।

Loading...