fbpx

ह्वाटएप्समा कर लगाउने लेबनानको घोषाणा केही घण्टामा फिर्ता

विराटगनर २ कात्तिक । आर्थिक संकटमा गुज्रिरहेको लेबनानले सामाजिक सञ्जाल प्रयोगमा लगाएको कर केही घण्टा वित्न नपाउँदै फिर्ता लिनु परेको छ ।

लेबनानमा ह्वाटस्एप, फेसबुक म्यासेन्जर, एप्पल फेस टाइम जस्ता फोन हुने एपमा दैनिक ट्याक्स लगाउने घोषाणा गरेको थियो । एप्सबाट फोन गर्नेहरुले दैनिक ०.१४ डलर कर लगाउने घोषणा गरेको केही घण्टामा प्रदर्शनले उग्र रुप लिएपछि सो निर्णय फिर्ता लिएको हो । बिहीबार देशका विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ ।

आर्थिक संकट हटाउने सरकारको तरिका सही नभएको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् । प्रदर्शनको क्रममा भएको झडपमा १ दर्जन बढी घाइते भएका छन् । शुक्रबार लेबनानका प्रधानमन्त्री साद अल हरीरीले देश खराब अवस्थामा रहेको बताए । तर उनले राजीनामा भने नदिने बताएकाछन् ।

Loading...