fbpx

सुनसरीमा तरकारीको मूल्य उच्च

इनरुवा २ कात्तिक । सुनसरीको सदरमुकाम इनरुवालगायतका क्षेत्रमा तरकारीको मूल्य उच्च भएको छ । लौकही, देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा, नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य उच्च भएको हो ।

तिहार तथा छठ नजिकिएपछि तरकारीको मूल्य आकासिएको इनरुवाका स्थानीय डुमरलाल मेहताले बताए । काउली, रायोसाग, भण्टा, बोडी, परबल लगायतका तरकारीको मूल्य उच्च रहेको छ । सुनसरीको दक्षिणी क्षेत्रमा अत्यधिक तरकारी उत्पादन हुने भएपनि आसपासकै बजारमा समेत महाँगो भएको स्थानीय चुना निरौलाको भनाई छ ।

पहिले प्रतिकिलो ३० रुपैयाँमा पाउने यी तरकारी अहिले ८० देखि १ सय रुपैयाँ प्रतिकिलो पर्ने गरेको उपभोक्ता शर्मीला देवको गुनासो छ । टमाटर, बोडी, परबल लगायतका तरकारीको मूल्य १ सय रुपैयाँ प्रतिकिलो भन्दा बढी छ ।

Loading...