fbpx

ला लिगा : बार्सिलोना, एथ्लेटिको र रियल मड्रिड प्रतिस्पर्धामा, आज हुने खेलबारे सम्पूर्ण जानकारी

विराटनगर, २ कात्तिक । स्पेनिस ला लिगामा आज चार ठूला खेल हुँदैछन् । जारी लिगको नवौं साताअन्तर्गत आज ८ वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

aa

आजको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाका साथै उपविजेता एथ्लेटिको मड्रिड र उपाधि दाबेदार रियल मड्रिड पनि प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा नै बार्सिलोनाले खेल्नेछ । नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे बार्सिलोनाले इएबारसँग खेल्दैछ । यो खेल इएबारको घरेलु मैदानमा हुनेछ । जारी लिगमा बार्सिलोना तेस्रो स्थानमा हुँदा इएबार १४औं स्थानमा छ ।

यस्तै आजको दोस्रो खेलमा साबिकको उपविजेता एथ्लेटिको मड्रिड प्रतिस्पर्धामा छ । उसले राति ७ः४५ बजे हुने खेलमा भ्यालेन्सियाको सामना गर्दैछ । एथ्लेटिको र भ्यालेन्सियाबीचको खेल एथ्लेटिकोकै घरेलु मैदानमा हुनेछ । जारी लिगमा एथ्लेटिको चौथो स्थानमा छ भने भ्यालेन्सिया आठौं स्थानमा छ ।

यसैगरी उपाधि दाबेदार मानिएको टोली रियलले भने नवप्रवेशी आरसीडी मल्लोर्कासँग खेल्दैछ । मल्लोर्काकै घरेलु मैदानमा हुने यो खेल राति १२ः४५ बजेबाट हुनेछ । जारी लिगमा रियल शीर्ष स्थानमा छ भने १८औं स्थानमा छ ।

Loading...