fbpx

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

विराटनगर २ कात्तिक । ६ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि(आइतबार) खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले बताइन् । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।

भिटामिन ‘ए’ प्रदेशभरिमा ४ लाख ४२ हजार ८०२ लाई र जुकाको औषधि ३ लाख ८९ हजार ९३३ लाई खुवाउन ८ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने छन् ।

Loading...