fbpx

सिरी ‘ए’ : आज हुँदैछन् तीन खेल, युभेन्टस र नापोली पनि प्रतिस्पर्धामा

विराटनगर, २ कात्तिक । इटालियन सिरी ‘ए’ मा आज तीन खेल हुँदैछन् । जारी लिगको आठौं साताका खेलअन्तर्गत आज ६ वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको खेलमा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसका साथै साबिकको उपविजेता टोली नापोली पनि प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा लाजियो र एटलान्टाले खेल्नेछन् । लाजियोकै घरेलु मैदानमा हुने यस खल राति ६ः४५ बजेबाट सुरु हुनेछ ।

यसैगरी आजको दोस्रो खेलमा साबिकको उपविजेता नापोलीले नवप्रवेशी क्लब भेरोनासँग खेल्दैछ । नापोलीकै मैदानमा हुने यो खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ । जारी लिगमा नापोली चौथो तथा भेरोना दसौं स्थानमा छ ।

यता, साबिकको विजेता युभेन्टसले भने बोलोग्नासँग खेल्दैछ । राति १२ः३० बजेबाट सुरु हुने यो खेल युभेन्टसकै मैदानमा हुनेछ । जारी लिगमा युभेन्टस १९ अंकका साथमा शीर्ष स्थानमा छ भने बोलोग्ना ९ अंकका साथ ११औं स्थानमा छ । लिगको दोस्रो स्थानमा इन्टर मिलान छ, उसँग १८ अंक छ । यस्तै तेस्रो स्थानमा १६ अंकसहित एटलान्टा रहेको छ ।

Loading...