fbpx

पत्रपत्रिकामा देश : बिपीका डाक्टर कमिसनको चक्करमा, प्रतिबन्धित फुड सप्लिमेट सिफारिस

विराटनगर २ कात्तिक । सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले कमिसनको लोभमा प्रतिबन्धित फुड सप्लिमेन्ट सिफारिस गर्ने गरेको पाइएको नागरिक दैनिकले मुख्य समाचार छापेको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार अनुगमनको क्रममा प्रतिबन्धित १ सय ५० भन्दा बढी फुड सप्लिमेन्ट बिक्रि हुने गरेको पाइएको हो । ति फुड सप्लिमेन्ट जफत गर्न खोज्दा औषधि व्यवसायीहरुले डाक्टरले नै सिफारिस गरेको भन्दै अबरोध गर्न खोजेका थिए । विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको भेटिएको छ । ती फुड सप्लिमेन्ट विभागमा दर्ता नभएको र गुणस्तर समेत परिक्षण नभएको उनको भनाई छ । अष्ट्रेलिया, भारत, बंगलादेश लगायतका मुलुकबाट आयात गरि जथाभाबी ति फुड सप्लिमेण्ट विक्रि गर्ने गरिएको छ ।

कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले रौतहटका सांसद मोहम्मद अफताव आलम पक्राउ र हत्या अभियोगको विषयमा फलो अप छापेका छन् । १२ वर्षः १५ एसपी जसले न्यायको गुहार सुनेनन् शिर्षकमा नयाँ पत्रिका दैनिकमा मुख्य समाचार छ । यस्तै कान्तिपुर दैनिकमा न्यायको अन्तहीन पर्खाइ शिर्षकमा मुख्य समाचार छ ।

२० जना भन्दा बढीको हत्या गरिएको जघन्य अपराधको आरोप लागेपनि पक्राउ नपरेका आलम प्रहरीकै संरक्षणमा थिए । पक्राउ गरि मुद्धा चलाउन सर्वाेच्च अदालतले आदेश दिएपनि १२ वर्षमा रौतहट पुगेका १५ एसपीले पक्राउ गर्नुको सट्टा उल्टै संरक्षण गरिरहेको नयाँ पत्रिकामा समाचार छ । घटना भएको १२ वर्षपछि सांसद मोहम्मद अफताव आलम पक्राउ गरेको प्रहरीले घटनाका जिउँदो प्रमाण फेला पारेको छ । विस्फोटमा घाइते भएका आलामका विश्वासपात्रलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी अभियुक्त र पिडित समेत रहेको प्रहरी श्रोतले बतायो । घटनामा सामान्य घाइते भएका सरुअठा गाउँका श्रीनारायण सिंहका २२ वर्षीय छोरा त्रिलोक सामान्य घाइते भएको भएपनि आलमका सहयोगीले लखेटेर पक्राउ गरि इँटा भट्टामा जिउँदै जलाएर मारेको कान्तिपुरमा खबर छ । श्रीनारायण १२ वर्षदेखि न्यायको पर्खाइमा छन् । घटनामा कोही गम्भीर घाइते भएका थिए भने कसैको मृत्यु नै भएको थियो । तर सबैलाई ट्रयाक्टरमा लोड गरेर आलमकै आफन्तको इँटा भट्टामा हालेर सबैलाई जलाइएको थियो ।

Loading...