fbpx

मस्जिदमा भएको हमलामा मर्नेको संख्या ६२ पुग्यो

विराटनगर १ कात्तिक । अफगानस्तानमा भएको बम हमलामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । शुक्रबार जुम्मा नमाजको बेला एक मस्जिदमा बम हमला भएको हो ।

अफगानस्तानको नानगहर प्रान्तको एक मस्जिदमा शुक्रबारे नमाजको बेला हमला भएको अधिकारीहरुले बताएका छन् । विस्फोटमा दर्जन बढी घाइते भएका छन् । बम विस्फोट पछि मस्जिदको छत झरेको थियो ।  तालिबान र स्लामिक स्टेट दुबै सकृय भएको क्षेत्रमा बम हमला भएपनि कसैलेपनि यसको जिम्मेवारी लिएका छैनन् ।

यूएनले सन् २०१९ को सेप्टेम्बरदेखि जुलाईसम्मा १ हजार १ सय ७४ जना विभिन्न हमलामा मारिएको जनाएको छ ।

Loading...