fbpx

सरकारले षड्यन्त्र गरि आलमलाई पक्राउ गर्याे : सभापति देउवा

काठमाडौं १कात्तिक । सरकारले षड्यन्त्र गरि कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी पक्राउ गरेको पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आरोप लगाएका छन् । देउवाले सरकारले कांग्रेस नेता कार्यकर्तालाई दुख दिन थालेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरको बोडेमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै उनले सरकारले झुटो मुद्धा लगाएर पक्राउ गरेको बताए । १२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गरेको उनको आरोप छ । आलमको पक्राउबाट सरकारको दुख दिने नियत प्रष्ट भएको उनले बताए । उनले ढिलो चाडो आलमले न्याय पाउने बताए ।
सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाए । जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताए ।

सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घष र प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए । पौडेलले कांंग्रेस विकल्पको रुपमा उदाउन नसके तानाशाहको हातमा देश पुग्ने बताए । महामन्त्री डाक्टर शशांक कोइरालाले सरकार नागरिकका स्वतन्त्र संस्थाहरुको अधिकार खोस्ने लागेको बताए ।

Loading...