fbpx

गिधनीयाको अवरोध हटाउन मुख्यमन्त्रीकाे पहल, ४५ दिन भित्र काम सक्ने सहमति

विराटनगर, १ कात्तिक । दुहबी– कटहरी ३३ केभी विद्युत प्रशारण लाइन निर्माणमा देखिएको विवाद सामधान गर्ने सहमति भएको छ । दुहबी– कटहरी ३३ केभी विद्युत प्रसारण लाइनकाे तीन किलाेमिटर खण्डमा देखिएकाे विवाद ४५ दिन भित्र मिलाउने सहमति भएको हो ।

दुहबी-कटहरी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथान गाउँपालिकास्थित गिधनीय टोलका स्थानीयबासीको अवरोध छ । स्थानीयले तीन किलोमिटर क्षेत्रमा तार तान्‍न दिएका छैनन् । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार भएकाे छलफलपछि ४५ दिनभित्रमा काम सक्ने सहमति भएको छ।

छलफलमा त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतको सहभागिता थियो ।

छलफलमा प्रसारण लाइनको अवरोध हटाउन प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय भएको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले यसअघि मोरङ ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए ।

शुक्रबारको छलफलमा संसद मोदी र कुलमान घिसिङले हात मिलाएर समस्या सामधान गर्ने प्रतिबद्धता जनाए । प्रसारण लाइन निर्माणमा मोदीले पैसा मागेको आरोप लागेपछि मोदी आलोचित भएका थिए । मोदीले आफुले पैसा नमागेको बताउँदै प्रसारणलाइन निर्माण गर्न निरन्तर सहयोग गरिरहेको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्रसारण लाइनको ग्रामथानको गिधनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । कटहरीमा चार्जिङ स्टेशनपनि निर्माण भइसकेको छ ।

एसीयाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण भइरहेको प्रसारण लाइन कटहरी–१ महेशपुर खोरियामा निर्माण गरिएको सबस्टेसनमा जोडिए विराटनगरमा देखिएको लोभोल्टेजको समस्या हल हुनेछ ।

विद्युत प्राधिकरणले सुनसरीको दुहबी सवस्टेशनदेखि सिधै कटहरी सबस्टेशनसम्म ३३ केभी प्रसारण लाइनकालागि पोल गाडेपनि ग्रामथान गाउँपालिका–५ को गिधनीया बस्तीको  तीन किलोमिटरमा घरमाथिबाट तार लैजान खोजेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।

झ्याप्प झ्याप्प जान्छ विजुली, गिधनीयाको अवरोधले विराटनगरलाई सस्ती

Loading...