fbpx

मेस्सीलाई भित्र्याउने लिग वान क्लबको सपना !

एजेन्सी, १ कात्तिक । फ्रेन्च लिग वान क्लब ओजीसी नाइसका नयाँ अध्यक्ष जिम राट्क्लिफेले आफ्नो सपना बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई भित्र्याउने रहेको बताएका छन् । अर्जेन्टिनी अट्याक्कर मेस्सीप्रति आफू आकर्षित् रहेको बताउँदै उनले क्लबमा उनलाई भित्र्याउने सपना रहेको बताएका हुन् ।

लिग वानको डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको खेलको पूर्वसन्ध्यामा बोल्दै राट्क्लिफेले मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने सपना रहेको बताए । पीएसजी र नाइसबीचको खेल नेपाली समयअनुसार राति १२ः३० बजेबाट नाइसकै घरेलु मैदानमा हुनेछ । यस खेलको पूर्वसन्ध्यामा एक अन्तर्वार्ताको क्रममा उनले मेस्सीलाई क्लबमा भित्र्याउने आफ्नो सपना रहेको बताए ।

‘एल इक्युपे’सँगको अन्तर्वार्ताका क्रममा उनले भने, ‘ओजीसीलाई फ्रान्सकै उत्कृष्ट बनाउनु छ, यो मेरो सपना आउँदो वर्षमै पुग्ला । तर, मेरो अर्को सपना भनेको बार्सिलोनाबाट मेस्सीलाई भित्र्याउनु हो । सायद यो पनि पूरा हुनेछ । जब उनी ४५ वर्ष हुन्छन् तब हामी उनलाई भित्र्याउने प्रस्ताव राख्नेछौं ।’

यसैगरी राट्क्लिफेले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहेको बताए । उनले मेस्सीलाई क्लबमा भित्र्याएर आफू ओजीसीका लागि मेस्सीले गोल गरेको हेर्न चाहेको उल्लेख गरे । उनले भने, ‘म मेस्सीलाई आफ्नो क्लबबाट खेलेको हेर्न चाहान्छु । मेरा लागि मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । यदि, मैले उनलाई किन्न सकेमा पनि उनी ४५ वर्ष पुगेपछि मात्र किन्न सक्छु ।’

राट्क्लिफेले थपे, ‘मेस्सीले मेरो क्लबका लागि गोल गरेको म हेर्न चाहान्छु । र, मलाई विश्वास छ उनले निरन्तर गोल गर्नेछन् । मलाई आशा छ, ४५ वर्ष पुगेपछि मेस्सी मेरो क्लबबाट खेल्नेछन् ।’

Loading...