visit-nepal

पुरुषको तुलनामा यति वर्ष कटेपछि महिलामा छिटो बुढ्यौली

विराटनगर, १ कात्तिक । पुरुषको तुलनामा महिलाहरू छिट्टै बुढो हुने गरेको पाइएको छ । हालै गरिएको एउटा अनुसन्धानअनुसार, पुरुषको तुलनामा महिलाहरू ५० वर्ष कटेपछि छिट्टै बुढो हुँदै जाने देखिएको छ । ५० वर्षसम्मका महिला तथा पुरुषको छालामा उमेरको प्रभाव उस्तै रहेपनि ५० वर्ष कटेपछि भने महिलामा तीब्र गतिले उमेरको असर देखिन थाल्ने कुरालाई भियना युनिभर्सिटिमा गरिएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

पुरुषको दाँजोमा महिलाको अनुहारमा बुढ्यौली छिटो किन देखिन्छ भन्ने कुरा जान्न यो लागि गरिएको अनुसन्धानमा पुरुषको छालामा उमेर बढे पनि परिवर्तन बिस्तारै हुने देखिएको छ । उक्त गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताहरूल अनुहारमा आउने उमेरको प्रभावबारे जानकारी पाउनका लागि २६ देखि ९० वर्षका ८८ महिला र पुरुषलाई अनुसन्धानमा सामेल गरेका थिए । कम्प्युटरको सहयोगले उनीहरूको अनुहारको ६०० भिन्दाभिन्दै खण्डको विश्लेषण गरेपछि उनीहरू उक्त नतिजामा पुगेका हुन् ।

हरेक महिलामा महिनावारी सुक्ने उमेरमा फरक पर्ने भएपनि अधिकांश महिलाहरूको ५० वर्ष नाघेपछि महिनावारी सुक्छ । सुक्ने हुँदा त्यस समय शरीरमा इस्ट्रोजेन नामक यौन हर्मोनको कम उत्पादन हुने कारणले अनुहारमा च्याउरीपना आउन थाल्छ । जसकारण अनुहारमा भएको बोसो घट्छ  र उमेरको असर अनुहारको छालामा तीब्र गतिले देखिन थाल्छ ।

उमेरको प्रभावले गर्दा शरीरमा भएको प्रोटिन कोलोजनमा असर पर्ने हुँदा बिस्तारै चिउँडोको छेउछाउको छाला खुम्चिन सुरु गर्छ, जसले छालालाइ चाउरी देखाउने गर्छ । अनुसन्धानका अनुसार महिलाहरूमा उमेरको प्रभाव ५० वर्षमा तीब्र गतिले बढ्ने भए पनि ६० वर्षको कटेपछि उमेरको प्रभाव पुनः कम गतिमा देखिन थाल्छ ।

Loading...