fbpx

इन्डियन आइडलको सेटमा नेहा बनिन् चुम्बनको सिकार (भिडियोसहित)

विराटनगर, १ कात्तिक । बलिउडको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’को एघारौं संस्करणमा जजका रूपमा रहेकी गायिका नेहा कक्कड जबर्जस्ती चुम्बनकी सिकार बनेकी छन् । उनलाई शोका अडिसन दिन आएका एक प्रतियोगीले अंकमाल गरेर जबर्जस्ती गालामा चुम्बन गरेका हुन् ।

af

सोनी टिभीले ट्वीटरमार्फत शेयर गरेको उक्त चुम्बनको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । प्रतियोगीले शोमा नेहाको लागि थुप्रै उपहारका साथै टेड्डी बियर पनि लिएर आएका थिए । उनले नेहालाई एकएक गरेर सबै उपहार दिने क्रममा नेहाले उनलाई खुसी हुँदै सामान्य तरिकाले अँगालो हालेकी थिइन् ।

प्रतियोगीले त्यहिँ बेला आफ्नो सीमा नाघेर नेहालाई चुम्बन गरे । शोका होस्ट आदित्य नारायणले रोक्न खोजे पनि उनी सफल हुन सकेनन् । यस घटनाले नेहा, जज अनु मलिक तथा सबैलाई अचम्मित बनाएको थियो । नेहा निकै नै असहज महशुस गर्दै आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट आफ्नो कुर्सीमा गइन् ।

Loading...