fbpx

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लवले दियो चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने जनाएका हुन् ।

आन्तरिक तयारी बैठक चलिरहेको बेला आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु सामाजिक फासीवादी कार्य भएको जिकिर गर्दै विज्ञप्तिमा उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्ने जनाइएको छ ।

aa

विप्लव नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका थिए । राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट बुधबार राति १ बजे प्रहरीले नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा पार्टीको उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजंग चन्दसहित केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन् । यस्तै रामबहादुर थापा (सुन्दर) (राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक), सविन पोख्रेल (राप्ती ब्युरो कार्यालय सचिव), यमलाल कटुवाल(विक्रम) (जिल्ला ईन्चार्ज) प्रदीप वली (जिल्ला सेक्रेटरी), बविन केसी (पाटन, जंगली) (युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष) छन् ।

यसैगरी सुनिल पौडेल (वुद्धिजिवी), एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य), धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी), तिलक पुन (पूर्वजनमुक्ति सेना), सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष), हितप्रसाद रोका (पार्टी सदस्य), पोष्टमान घर्ती, कुलबहादुर वली, विष्णु थापा, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री र रमेश आचार्य रहेका छन् ।

Loading...