fbpx

यस्तो हुन्छ कात्तिक महिनामा जन्मने मानिसहरूको स्वभाव

विराटनगर, १ कात्तिक । ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन साल, कुन महिना, कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् ।

एक वर्षमा १२ महिना हुन्छ । त्यसका अनुसार हरेक मानिसहरूको आफ्नो फरक जन्म महिना रहेको हुन्छ । र, त्यही जन्म महिनाअनुसार व्यक्तिहरूको फरक–फरक विशेषता रहने गर्छ । हिन्दू क्यालेन्डरमा महिनाको नाम नक्षत्रहरुको आधारमा राखिएको छ । यो महिना जन्मेको मानिस यस्तो हुन्छ भनेर त कसैलाइ पनि थाहा हुँदैन तर, विभिन्न ज्योतिषहरूले बताएअनुसार उनीहरूका केही कुराहरू भने मिल्ने गरेको पाइन्छ ।

यस्तैमा कात्तिक महिनामा जन्मेका मानिसहरू एकदम मिलनसार, एकदम रोमान्टिक र प्रेम गर्ने प्रवृतिका हुने गर्छन् । यो महिनामा जन्मिने व्यक्तिहरू जहिले सत्य बोल्न, र हरेक कुरामा नयाँपन खोज्ने गर्छन् । कार्तिकमा जन्मेका व्यक्तिहरूको दिमाग अरु महिनामा जन्मेका मानिसहरूको तुलनामा फरक हुन्छ । उनीहरू धेरैजसो समय एक्लै बस्न मन पराउँछन्, निकै कम साथी बनाएपनि बनाएका साथी सबै बफादार नै हुने गर्छन् ।

यिनीहरू काम गर्न अल्छी भएपनि आफ्नो मन पर्ने काममा भने निकै मन लगाएर गर्ने गर्छन् । यस्ता व्यक्तिहरू छिट्टै बिरामी नपर्ने खालका हुन्छन् जसले गर्दा यिनीहरू निकै लामो समयसम्म बाँच्ने गर्छन् । यस्ता व्यक्तिहरूलाई बुझ्न निकै गाह्रो हुन्छ, सानो सानो कुरालाई छिट्टै मनमा लिने हुँदा यिनीहरू डिप्रेसनको शिकार हुने सम्भावना धेरै हुन्छ ।

कात्तिकमा जन्मेका व्यक्तिहरू धनि, जिद्दी, दुष्ट प्रवित्ति र पापीसमेत हुने गर्दछन् । पुरुषका तुलनामा महिलाहरू बुद्धिमानी, मीठो बोल्ने र बढी रिसाउने गर्छन् । यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न खोज्छन् ।

Loading...