fbpx

बार्सिलोनाका पूर्वगोलकिपरले भने, ‘मेस्सी जोकर हुन्’

एजेन्सी, १ कात्तिक । बार्सिलोनाका पूर्वगोलकिपर जोर्डी मासिपले पूर्वटिममेट तथा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको विषयमा बोलेका छन् । सन् २०१७ मा बार्सिलोनाबाट भाल्लाडोलिड गएका गोलरक्षक मासिपले मुन्डो डिपोर्टिभोसँगको कुराकानीमा मेस्सी जोकर भएको बताएका छन् ।

aaaa

३० वर्षीय मासिपले मेस्सीसँग ३ वर्ष बार्सिलोनामा रहेर एकसाथ खेले । २०१४ देखि २०१७ सम्म क्याप नोउमा मेस्सीसँग समय बिताएका मासिपले पूर्वसहकर्मी मेस्सी ड्रेसिङ रुममा जोकरजस्तै व्यवहार देखाउने रहेको बताए । उनले मेस्सी ड्रेसिङ रुममा नलजाउने व्यक्ति भएको बताउँदै भने, ‘मेस्सी चेन्जिङ रुममा लजाउँदैन थिए । एक हिसाबले भन्नुपर्दा उनी जोकर हुन् । तर, यो त मेरो सहकर्मीको नाताले मात्रै हो, मैदानमा त उनी एक बलिया प्रतिद्वन्द्वी हुन् ।’

‘उनी चेन्जिङ रुममा रिल्याक्स गर्ने व्यक्ति थिए,’ उनले थपे, ‘म मेस्सीको बारेमा केही भन्न सक्दिँन । किनकी, सबै कुराहरू मैले अगाडि नै भनिसकेको छु । उनी प्रतिस्पर्धीका रूपमा जनवार जस्तै छन् । उनी उत्कृष्ट खेलाडी हुन्, मेस्सी जत्तिको उत्कृष्ट मैले मेरो जीवनमा कहिले पनि देखेको छैन । उनीसँग समय ब्यतित गर्न पाउनु र खेल्न पाउनु गर्वको कुरा हो ।’

यसैगरी मासिपले उनी मिजासिलो व्यक्ति भएको बताए । ३ वर्षे बसाइका क्रममा मेस्सीले आफूहरूलाई धेरै नै मनोरञ्जन दिएको बताए । भने, ‘उनी जोकर हुन्, किनकी उनले अभ्यासका क्रममा र ड्रेसिङ रुममा अरु व्यक्तिलाई धेरै हसाउँथे । मेरो बसाइका क्रममा उनले हामीलाई धेरै हसाएँ र मनोरञ्जन दिए ।’

Loading...