fbpx

साउथ इण्डियन फिल्मबाट कम्ब्याक गर्दै ऐश्वर्या

विराटनगर, १ कात्तिक । २००७ सालमा बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाहपछि अभिनेत्री ऐश्वर्या राय बच्चनले फिल्म क्षेत्रबाट अलिक दूरी बनाएकी थिइन् । विवाह पछिको लामो अन्तरालपछि केही फिल्महरूमार्फत् बलिउडमा कमब्याक गरेपनि उनले पहिलेजस्तो सफलता भने हात पर्न सकिनन् ।

पछिल्ला फिल्महरू सफल नभएपछि उनी यसपटक फेरि साउथ इण्डियन फिल्मबाट कम्ब्याक गर्ने भएकी छन् । साउथ इण्डियन फिल्मका चर्चित निर्देशक तथा निर्माता मणिरत्नमले निर्माण गर्न लागेको साउथ इण्डियन फिल्ममा ऐश्वर्या अनुबन्धित भएको खबर सार्वजनिक भएको छ ।

फिल्ममा ऐश्वर्याको डबल रोल रहने बताइएको छ । फिल्मको लागि कन्ट्र्याक्ट साइन गरिसकेको खबर भारतीय मिडिया आजतकले जनाएको छ । फिल्मको नाम भने अझै सम्म घोषणा गरिएको छैन । फिल्मको लागि अरु कलाकारहरूको खोजी भइरहेको छ ।

फिल्ममा ऐश्वर्यासँगै उनका ससुरा अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहनेसमेत चर्चा चलिरहेको छ । यसअघि ऐश्वर्या र अमिताभले सन् २००८ मा प्रदर्शनमा आएको फिल्म ‘सरकार राज’ मा एकसाथ अभिनय गरेका हुन् ।

Loading...