visit-nepal

अनुसन्धान भन्छ : रक्सीको एक थोपा पनि हानिकारक

विराटनगर, १ कात्तिक । स्वास्थ्यका लागि रक्सीको सेवन नगरेकै राम्रो मानिन्छ । तर, कतिपयले रक्सीलाई थोरै मात्रामा पिउँदा केही पनि हुँदैन, वा थोरै मात्रामा पिउँदा यसले औषधि जस्तो असर गर्छ भन्ने गरेको सुनिन्छ ।

स्वास्थ्यका लागि रक्सीको कुनै सुरक्षित मात्रा हुने भन्ने कुरालाई वैज्ञानिकहरूले झुटो साबित गरेका छन् । कहिलेकाहिँ, चाडपर्व तथा साथीभाइसँग बसेर अलिकति पिउँदा केही हुँदैन भन्ने सोच मानिसहरूमा अझैसम्म रहेको देखिन्छ । तर, वैज्ञानिकहरूले गरेको अध्ययनले देखाएअनुसार रक्सीको एक थोपा पनि हानिकारक भएको र यसले स्वास्थ्यका लागि अत्यधिक धेरै हुन्छ ।

वाशिङटन सिटीस्थित इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभोल्युसनका अनुसन्धानकर्ता म्याक्स ग्रिसवोल्डले रक्सीको कुनै सुरक्षित मात्रा नभएको बताएका छन् । सीमित मात्रामा रक्सी पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ भन्ने अध्ययनहरूलाई पूरै यस अध्ययनले खारेज गरेको छ । मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित गरिएको अध्ययनको परिणामका अनुसार रक्सी सेवनका कारण जोडिएको स्वास्थ्य समस्या जति पल्ट रक्सी पियो त्यति नै अनुपातमा बढ्दै जाने ग्रिसवोल्डले थपे ।

संसारका १९५ देशमा रक्सी सेवनका बारेमा गरिएको उक्त अध्ययनले वर्षमा २८ लाख मानिसको मृत्यु रक्सी सेवनका कारण हुने भनेर पत्ता लगाएको छ । अध्ययनअनुसार, दिनमा दुई पेग रक्सी पिउने मानिसमा रोगको खतरा ७ प्रतिशतसम्म बढ्छ भने दिनमा ३ देखि धेरै पेग रित्याउनेहरूलाई गम्भीर रोगको जोखिम ३७ प्रतिशतसम्म बढ्ने गरेको पाइएको छ ।

विश्वमा असामयिक मृत्युका लागि अनेकौं कारण रहेका हुन्छन् । उच्च रक्तचाप, धूम्रपान, जन्मिँदा समस्या भएका, समयअगावै जन्म, मोटोपन, मधुमेह, तथा अन्य स्वास्थ्य समस्या र प्रदूषणका कारण मान्छे मर्ने भए पनि रक्सीका कारण हरेक वर्ष २५ महिला र ६.८ ५ पुरुषको मृत्यु हुने गरेको छ ।

Loading...