fbpx

पूर्वेली लोक भाकामा ‘म्यासेन्जर च्याटमा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १ कात्तिक । पूर्वेली लोक भाकामा ‘म्यासेन्जर च्याटमा’ बोल रहेको मिक्लाजुङ डाँडा गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई आर.बि. ईन्टरटेन्डमेन्टको युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा गायिका इनुमा राई र गायक चक्र वनु राईले स्वर भरेका छन् ।

सार्वजनिक गरिएको भिडियोमा कलाकार उमेश, नारायण र शिखाको अभिनय देख्न सकिन्छ भने रोमन, अभिनाश, बलबहादुर, शिला, पूर्णिमा, कृतिलगायतका कलाकारहरूको नृत्य प्रस्तुति रहेको छ । इनुमा राईकै शब्द तथा संगीत रहेको गीतलाई उनले आफैँ निर्देशन गरेका हुन् ।

गीतको कोरियोग्राफी रोशन वान्तवा राईले गरेका छन् । गीतकार तथा निर्देशक राज वान्तवाले छायांकन गरेका गीतको भिडियोलाई शीकुमार राईले सम्पादन गरेका हुन् ।

Loading...