fbpx

पत्रपत्रिकामा देश : बम विस्फोटमा घाइते भएकाहरुलाई सुई लगाएर बेहोसपारि जिउँदै जलाइयो

विराटनगर १ कात्तिक ।  रौतहटका निलम्बित सांसद मोहम्मद अफताफ आलमको निर्देशनमा सुई लगाएर घाइतेहरुलाई बेहोस बनाइ जिउँदै जलाइएको समाचार आज नयाँ पत्रिका दैनिकले छापेको छ ।

फरहदवा गाउँमा २०६४ चैत्रमा संविधान सभाको माहोलमा मोहम्मद अफताफ आलमको चुनावी अभियानमा सहभागीहरु बम बनाउदै गर्दा विस्फोट भएर घाइते भएका थिए । घाइतेहरुलाई उपचार गर्नुको साटो बेहोस हुने सुई लगाएर आफन्तको इटा भट्टामा लगेर जिउँदै जलाएको समाचारमा छ ।

स्थानीय त्रिलोक प्रताप सिंहका बाबु श्रीनारायण सिंहले छोराका तिघ्रामा बमको छर्रा लागेर घाइते भएपनि बेहोस बनाउने सुई लगाएर इँटाभट्टामा जिउँदै जलाएको बताए । त्रिलोकलाई भाग्दै गर्दा आलमका मान्छेले पक्रेर लगेका थिए । त्रिलोकप्रतापका बाबु १२ वर्षदेखि न्यायको लडाईमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको रणनीतिक साझेदारी गरिएको त्यसलाई सैन्य वा राजनीतिक गठबन्धनका रुपमा नबुझ्न आग्रह गरेको समाचार कान्तिपुरले छापेको छ । रणनीतिक साझेदारी आर्थिक तथा सामाजिक विकासको लागि भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण पूर्ण रुपमा सफल भएको बताए । उनले नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाल समेल नहुँने बताएकाछन् ।

नागरिक दैनिकले प्रधानमन्त्री भन्छन् आँखा खोले देखिन्छ, खै कहाँ छ दु्रत विकास ? शिर्षकमा मुख्य समाचार छापेको छ । ओलीले विकासमा सरकारले छलाङ मारेको बताउँदै आएपनि तथ्यांकमा भने त्यस्तो नदेखिएको र सर्वसाधारणले समेत महसुस गर्न नसकेको समाचारमा छ । चालु आर्थिक वर्षको तीन महिनामा सरकारले पुँजीगत बजेट ४.३८ प्रतिशतमात्रै खर्च गरेको छ । गत वर्ष यही अबधिमा ७.१९ प्रतिशत खर्च भएको थियो ।

सडकमा सास्ती शिर्षकमा अन्नपूर्ण पोष्टमा समाचार छ । देशभर दर्ता भएका सवारी साधनको संख्या ३५,३९,५१९ रहेको छ । सावारी साधन र ट्राफिकको संख्या अनुपात लगाउँदा एक ट्राफिकको भागमा ९०० सवारी साधन पर्छ । देशभर जम्मा सडकको लम्बाई भने २०१४ किलोमिटर मात्रै रहेको छ । सडकको क्षमता भन्दा सवारी साधन बढी भएको कारण देशभर विभिन्न स्थानमा भिडभाड र ट्राफिक जाम हुन गरेको छ ।

म्यान्मासँग पर्यटनमा सहकार्य शिर्षकमा अन्नपूर्ण पोष्टमा नै खबर छ । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिक क्षेत्रको सहकार्यको लागि सम्झौता भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्याहाँकी स्टेट काउन्सिलर आङसान सु चीको उपस्थितीमा सम्झौता भएको हो ।

Loading...