fbpx

पत्रपत्रिकामा प्रदेश : पुरुष विदेशिएपछि उद्योगमा महिला मजदुरको भर

विराटनगर १ कत्तिक । पुरुष विदेश जाने क्रम बढेसँगै मोरङ सुनसरी औद्योगीक करिडोरका उद्योगमा महिला मजदुरको संख्या बढी भएको छ । मोरङ र सुनसरीका सानाठुला गरि करिब ५ सय उद्योगमा ५० हजार मजदुर काम गर्छन् ।

जसमा आधा भन्दा बढी महिला रहेका छन् । पुरुष मजदुरको अभाव बढेपछि उद्योगले पनि महिलाहरुलाई आकर्षित गर्न घरबाट बसमा ल्याउने र काम सकेपछि बसमा नै घर पुर्याउने गरेको कान्तिपुर दैनिकमा खबर छ । बिस्कुट, साबुन, चाउचाउ, मल्टिफाइबर्स र जुट लगायतका उद्योगमा महिला मजदुरको संख्या बढी छ ।

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले महिलाहरुले काम नगरे उद्योग नै बन्द गर्नु पर्ने अवस्था आउने बताए । घरदेखि नै बसले लैजाने र ल्याउने भएपछि राती १२ बजेपनि काममा आउने र काम सकेर फर्किने गरेका छन् ।

फौजदारी अभियोग लागेका ४ सांसदहरु निलम्बनमा परेपनि विराटनगरका जनप्रतिनिधि भने निलम्बनमा नपर्ने देखिएको जनविद्रोह दैनिकमा खबर छ । कानून स्पष्ट नहुँदा व्यक्ति हत्याको अभियोगमा अदालतमा मुद्धा दर्ता भएर तीन महिनादेखि फरार २ वडाध्यक्ष अझै निलम्बनमा परेका छैनन् ।

उनीहरुको सेवा सुविधा रोक्ने बारे पनि अन्योलता देखिएको छ । विराटनगर महानगरपालिका १४ का अध्यक्ष बलदेव यादव, वडा नम्बर १८ का अध्यक्ष सञ्जय साह, जहदा १ का अध्यक्ष प्रदिपचन्द्र यादव विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विराटनगर १४ का सेमानन्द यादवको हत्याको अरोपमा उनीहरु सहित १० जना विरुद्धमा किटानी जाहेरी दर्ता भएको छ । जसमा १ जना पक्राउ परेका छन् । कानूनमै स्पष्ट व्यवस्था नभएको कारण अभियोग लागेका जनप्रतिनिधिलाई निलम्बन नगरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

प्रदेश १ मा बाह्य पर्यटकको खडेरी शिर्षकमा ब्लाष्ट टाइम्समा मुख्य समाचार छ । प्रदेश १ मा धार्मीक  र पर्यटकीय स्थलहरु धेरै भएपनि बाह्य पर्यटकहरु न्युन मात्रामा आउने गरेको पर्यटन व्यवसायीहरुले बताए । प्रचार प्रसारको अभावमा तेश्रो मुलुक तथा देशकै अन्य प्रदेशका पर्यटक नआएको पर्यटन व्यवसायीहरुको गुनासो छ । भारतीय बाहेक अन्य देशका पर्यटकहरुको खडेरी रहेको पर्यटन व्यवसायी भविस श्रेष्ठले बताए । प्रदेश १ बाट अन्य प्रदेशमा घुम्न जानेको संख्या धेरै भएपनि अन्य प्रदेशबाट यता घुम्न आउनेको संख्या भने न्यून रहेको छ ।

Loading...