visit-nepal

यी गम्भीर रोगको औषधि बन्न सक्छ कफी

विराटनगर, ३० असोज । मानिस तनाव र थकानबाट मुक्त रहनका लागि कफी पिउने गर्दछन् । नेशनल कफी एशोसियसनका अनुसार ६३५ मानिसहरु कफी पिउने गर्छन् । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुने भएको कारण कफी पिउनेबित्तिकै यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाएर फ्रेस भएको महशुस गराउँछ ।

कफीले मुड फ्रेस गराउनुका साथै शरीरमा थुप्रै फाइदाहरू गर्ने गर्छ । स्वास्थ्य विशेषज्ञका अनुसार दूध र चिनी नराखेको कालो कफीको सेवनले मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई सक्रिय बनाउँछ । कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाएर र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्छ ।

हरेक दिन ३ कपसम्म कफी पिउने व्यक्तिको हृद्दय रोगबाट मृत्यु हुने खतरा २१ प्रतिशतसम्म कम हुने अध्ययनले समेत निष्कर्ष निकालेको छ । ब्लड प्रेसर लो भएको खण्डमा भएमा कफीको सेवनले पनि रगतको चापलाई नियन्त्रणमा ल्याउन केही हदसम्म मद्दत गर्छ । नियमित कफी सेवनले हाम्रो शरीरको बोसोलाई घटाएर तौल नियन्त्रण गर्छ ।

दूध र चिनी नराखेको कफीमा न्यून कलोरी हुने भएकोले लिभरमा बोसो लाग्न नदिइ पाचन प्रक्रियालाई सक्रिय गर्ने हुँदा शरीरको वजन घट्ने गर्छ । कफीले मानिसको रोगप्रतिरोधी क्षमता बढाएर लिभर अर्थात् कलोजो रोगीका लागि फाइदा पुर्याउने काम गर्छ । यसले भविष्यमा कलेजोको रोग लाग्ने सम्भावना पनि अत्यन्तै न्यून बनाइदिन्छ ।

कफीले मधुमेहको बिरामीलाई समेत फाइदा पुर्याउने काम गर्छ । दैनिक कफी पिउनेहरूलाई मधुमेह लाग्ने खतरा कम हुने गर्छ । कफीले रगतमा एड्रेनालाइनको स्तर बढाउने हुँदा कफी खाने गर्दा केही कुरामा मज्जाले ध्यान केन्द्रित हुने गर्छ ।

Loading...