fbpx

बिरुवाले लिएको पहिलो सेल्फी

विराटनगर, ३० असोज । बिरुवाले सेल्फी लिएको खबर सार्वजनिक भएको छ । सुन्दा निक्कै नै अचम्म लाग्ने खबर भएपनि बिरुवाले पहिलोपटक सेल्फी लिएको जूलोजिकल सोसायटी अफ लन्डनले जनाएको छ ।

लन्डन जूको रेनफरेस्टमा फर्न बिरुवालाई पिट नाम दिइएको थियो र त्यसलाई फोटो खिच्नका लागि ट्रायल लिइएको थियो । पिटमा यु.स आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीबाट तयार पारिएको जोर आइको अल्ट्रा लो पावर भएको क्यामेरा जडान गरिएको थियो । उक्त बिरुवाले आफूले उत्पन्न गरेको ऊर्जा उपयोग गरेर प्रत्येक २० सेकेन्डमा आफ्नो फोटो खिच्न सफल भएको थियो ।

छायाँमा बस्न रुचाउने बिरुवाहरूले आफ्ना कोशिकाहरूमार्फत स–साना ऊर्जाहरू उत्पन्न गर्ने क्षमता देखाउन सक्ने भएका कारणले गर्दा वन्यजन्तुहरूको निगरानीमा क्रान्ति ल्याउने उक्त संस्थाका वैज्ञानिकहरूले बताएका छन् । यसै वर्षको आरम्भमा वैज्ञानिकहरूले लन्डन जूको रेनफरेस्ट लाइफका बिरुवाहरूमा माइक्रोबियल फ्युल सेलहरू जडान गरेका थिए, जसले बिरुवालाई आफ्नै तस्वीर खिच्ने शक्ति प्रदान गरेको छ ।

रासायनिक ऊर्जालाई माइक्रोअर्गानिजमको गतिविधिमार्फत् विद्युतीय ऊर्जामा परिणत गराउने डिभाइसलाई माइक्रोबियल फ्युल सेल भनिन्छ । वैज्ञानिकहरूले यस्तो प्रकारको माइक्रोअर्गानिजम माटोमा भेटिएका हुन् । पिटमा गिएको परीक्षणको अन्तिम लक्ष्य भनेको जंगलमा क्यामरा र सेन्सरहरूलाई ऊर्जा दिनु हो । बिरुवाले आफैँ सेल्फी खिच्ने प्रविधिले वैज्ञानिकहरूलाई दुर्गम जंगलहरूका बारेमा थप जानकारी दिनुका साथै बन्यजन्तुहरूको सुरक्षामा मद्दत गर्नेमा विश्वस्त छन् ।

Loading...