fbpx

मःम पारखीको रोजाइमा ‘रोङ्गोज मःम हट’

विराटनगर, ३० असोज । विराटनगरको रोङ्गोज मःम हट स्वादिलो र स्वथ्यकर मःम खान रुचाउनेहरूको रोजाइमा पर्न थालेको छ । मसलाबिनाको स्वस्थ्यकर स्वादिलो विभिन्न प्रकारका मःमहरू पाइने भएकोले मःम पारखीहरूको रोजाइमा रोंगोज मःम हट, रोजाइमा पर्न थालेको हो ।

‘‘द टेस्ट अफ दार्जिलिङ’’ थिम रहेको रोङ्गोज मःम हट विराटनगरस्थित देवकोटा चोकमा छ । ट्राफिक चोक, सिटी सिनेमा र सेन्ट्रल मलमा यसका शाखाहरू छन् । प्रदेशको अन्य ठाउँमा पनि विस्तार हुने तयारी भइरहेको रोङ्गोजका सञ्चालक सुरेश मोक्तानले बताए । रोङ्गोज दार्जिलिङको मःम पाइने मःमलयको रूपमा प्रख्यात छ । रोङ्गोज दार्जिलिङ जिल्लाको एक गाउँको नाम हो । रोङ्गोज मःम हट त्यही गाउँको नामबाट राखिएको हो । सञ्चालक मोक्तानका अनुसार दार्जिलिङको मःममा कुनैपनि मसला हालिँदैन । त्यसैले रोङ्गोजको मःमको किमा अलिक सेतो हुन्छ । रोङ्गेज मःम स्वास्थ्यको हिसाबले पनि मःम फाइदाजनक मानन्छि ।

हाइजेनिक भोजनको विषयमा रोङ्गोज एकदम सतर्क छ । यस मःम हट सञ्चालन गर्नुभन्दा पहिला मेडिकल फिल्डमा जागिर गरेका सञ्चालक मोक्तानले रोङ्गोजले शुद्ध र स्वस्थ मःमको लागि मःम बनाउन चाहिने कच्चा पदार्थदेखि लिएर कर्मचारी र किचनको सरसफाइ इत्यादिमा कुनैपनि सम्झौता गरेका छैनन् । मःम तयार गर्नको लागि ८० प्रतिशतभन्दा बढी काम मेसिनले नै गर्ने गर्दछ । स्वस्थ मःम ग्राहकहरूलाई प्रदान गर्ने उद्देश्य रहेकै कारण रोङ्गोजले किचनको तापक्रमदेखि लिएर कच्चा पर्दाथ भण्डारणमा धेरै ध्यान दिने गरेको छ ।

रोङ्गोजमा मेनुमा रहेको कलर मःममा समेत खानेजन्य रंगको प्रयोग गरिँदैन । हरियो मःममा साग, बन्दाकोपीको जुस, रातो मःममा बिट रुट, पहेँलो मःममा गाँजर जस्ता शब्जी प्रयोग गरिन्छ । मःमका पारखी विराटनगरका रवीकुमार तामाङले रोङ्गोज मःम हटमा खाजा खाँदा बेग्लै आनन्द आउने वताए ।

चाँडै रोङ्गोजको मःमले यहाँ पाइने मःमको न्युट्रिसन भ्यालुको जानकारी पनि प्रदान गर्ने छ । यसको लागि आधा काम सकिएको सञ्चालक मोक्तानले बताए । मधुमेह लागेका व्यक्तिहरूको लागि छुटै मःम पनि यहाँ चाँडै पाइने छ ।

सन् २०१२ मा स्थापना भएको रोङ्गोज मःम हटले स्टीम, फ्राइड मःमदेखि लिएर चकलेट मःम, कलर मःम, ताइपो मःम, क्याप्सिकम मःम, कोथे मःम, सेज्वान मःम, पिज्जा मःम , बर्गर मःमजस्ता विभिन्न किसिमको पन्ध्रभन्दा बढी मःम परिकार सर्भ गर्ने गर्दछ ।

Loading...