visit-nepal

पत्नीलाई धोका दिँदा हुनसक्छ हृदयघात !

विराटनगर, ३० असोज । विवाहपछि घरमा पत्नी हुँदाहुँदै पनि परस्त्रीसँग मुटु जोड्न खोज्ने पुरुषहरूलाई आफ्नै मुटुले धोका दिन सक्छ अर्थात् उनीहरूलाई हृदयाघात हुन सक्छ । घरमा आफ्नी पत्नीसँग व्यक्तिगत क्षण बिताउने पुरुषलाई हृदयाघात हुने शंका धेरै कम हुन्छ । तर, जब त्यही पुरुष बाहिर कुनै प्रेमिकासँग लुकेर व्यक्तिगत क्षण बिताउने गर्छ भने उसलाई मुटु रोगको जोखिम बढ्ने सम्भावना हुन्छ ।

इटालिमा गरिएको एक अनुसन्धानका अनुसन्धानकर्ताहरूले प्रेममा गरिने धोकेबाजी र यसले निम्त्याउने असरबारे गहिरिएर अध्ययन गरेपछि पुरुषहरुले आफ्नो पत्नीलाई धोका दिँदा हृदयघातसमेत हुन सक्ने भन्ने निष्कर्षमा पुगेका हुन् । कसैको मुटु तोडेर अन्तै मुटु जुधाउने प्रयासले पनि मुटुलाई अप्ठयारोमा पार्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।

युनिभर्सिटी अफ फ्लोरेन्सका अनुसन्धानकर्ताहरूले धोकेबाजी, विवाहपछि अनेकौं सम्बन्ध राख्ने र पुरुषको व्यवहार तथा यसको प्रभावबारे अध्ययन गर्दा श्रीमतीसँग समय बिताएको तुलनामा बाहिरी महिलासँग समय बिताउँदा हृदयाघात वा मृत्युसमेत हुने सम्भावना बढ्नसक्ने नतिजा पाएका थिए ।

आफ्नो पत्नी हुँदाहुँदै पनि परस्त्रीसँग सम्बन्ध राख्ने बेला यस्ता घटना बढी भएको अनुसन्धानकर्ताहरूले पाएका हुन् । यस्तो नतिजा आएपनि अनुसन्धानकर्ताहरूले यस्तो हुनुको कुनै एउटा मुख्य कारण फेला पार्न भने सकेनन् । त्यसैले उनीहरूले यो अवस्था उत्पन्न हुनुका धेरै कारणहरू देखाएका छन् ।

पत्नीलाई ढाँटेर, छलेर, अँध्यारोमा राखेर अरू युवती वा महिलासँग सम्बन्ध राख्ने समयमा त्यस्तो व्यक्तिले अन्तरात्माबाट आफूलाई दोषी ठहर्याइरहेको हुने हुँदा यसले मुटुलाई असर पार्छ भन्ने तीमध्येको एउटा हो ठूलो कारण मानिएको छ ।

Loading...