fbpx

सर्वाधिक ६ पटक गोल्डेन बुट जितेपछि रोनाल्डोलाई मेस्सीको यस्तो जवाफ

एजेन्सी, ३० असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो करिअरमा छैटौं गोल्डने बुट जिते । बुधबार एक विशेष कार्यक्रममा आयोजना गरी मेस्सीलाई छैटौं गोल्डेन शु अवार्ड प्रदान गरियो ।

यस सिजन युरोपका टप–५ लिगमा सवार्धिक ३६ गोल गर्दै ३२ वर्षीय मेस्सीले कीर्तिमानी छैटौं पटक गोल्डेन शु अवार्ड जिते । उनले सर्वाधिक धेरै पटक गोल्डेन शु जित्दै आफ्ना खास प्रतिद्वन्द्वी तथा इटालियन क्लब युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारे । पोर्चुगलका स्टार रोनाल्डोले समग्रमा चार पटक गोल्डेन शु जितेका छन् ।

dsf

उक्त अवार्डपछि पत्रकारसँग बोल्दै मेस्सीले रोनाल्डोको विषयमा कुरा गरेका छन् । पत्रकारले मेस्सीलाई रोनाल्डोको चुनौती पुनः एकपटक सम्झाएका थिए । रोनाल्डोले केही समयअघि मेस्सीलाई अरु क्लब गएर खेल्न चुनौती दिएका थिए । केही महिनाअघि मेस्सीको विषयमा बोल्दै रोनाल्डोले भनेका थिए, ‘उनी (मेस्सी) अझै स्पेनमै छन् । सायद उनी मलाई धेरै चाहान्छन् । म उनलाई एक दिन इटाली आउन सुझाव दिन्छु । मेरो च्यालेन्ज स्वीकार ।’

यस कुरा सम्झिँदै मेस्सीले रोनाल्डोलाई जवाफ फर्काएका हुन् । १० पटक ला लिगाको उपाधि, ४ पटक च्याम्पियन्स लिग र ६ पटक कोपा डेल रेको उपाधि जितेका मेस्सीले आफू विश्वकै उत्कृष्ट क्लबबाट खेलिरहेका कारण क्लब छोड्नु नपरेको बताए । उनले भने, ‘मलाई कहिल्यै पनि क्लब छोड्नु परेन, किनकी यो संसारकै सबैभन्दा उत्कृष्ट क्लब हो ।’

स्पेनिस मिडिया मार्कासँग बोल्दै उनले भने, ‘विश्वकै उत्कृष्ट क्लब छोड्ने मेरो कुनै मनसाय छैन । सबैले गोल गर्न र अनुभव बटुल्न चाहान्छन् । तर, म यहाँबाट अभ्यास गर्दै खेल्दै आनन्द लिन्छु ।’

यसैगरी ३२ वर्षीय मेस्सीले आफ्नो क्लबका लागि युरोपियन च्याम्पियन्स लिगभन्दा घरेलु लिग ला लिगा महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘च्याम्पियन्स लिग र कोपा डेल रेभन्दा ला लिगा बार्सिलोनाका लागि धेरै महत्त्वपूर्ण छ । च्याम्पियन्स लिग हाम्रा लागि थोरै मात्र विशेष छ जसलाई हामी प्रत्येक वर्ष जित्न चाहान्छौं । तर, ला लिगा हाम्रा लागि धेरै नै महत्त्वपूर्ण छ किनकी यहाँ कठिन प्रतिस्पर्धाका बाबजुत पनि नेतृत्त्व गर्नु छ ।’

Loading...