fbpx

जीपको ठक्करबाट ७६ वर्षीया वृद्धाको ज्यान गयो, चालकले गरे आत्मसमर्पण

भक्तपुर, ३० । भक्तपुरमा जीपको ठक्करबाट ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुंगा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको हो ।

तीव्र गतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मसमर्पण गरेको छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...