visit-nepal

प्रोत्साहन नगर्ने मान्छे पटक्कै मन पर्दैन : ईन्दिरा कार्की, उपप्रमुख विराटनगर महानगरपालिका

मनपर्छ । मनपर्देन

तपाईँलाई मन पर्ने ठाउँ कुन हो ?
मलाई नेपालको सबै ठाउँ मन पर्छ । तर आफ्नो जन्मभूमि भएर होला सर्लाही विशेष मन पर्छ ।

तपाईँलाई मनपर्ने खेल कुन हो ?
मलाई मन पर्ने खेल फुटबल र क्रिकेट हो ।

तपाईँलाई कस्तो खाना मनपर्छ ?
मलाई मन पर्ने खाना साधारण दाल, भात, तरकारी हो जुन स्वादिलो र पौष्टिक हुन्छ ।

तपाईँलाई कस्तो खालको पोशाक मनपर्छ ?
मलाई सजिलो खालको लुगा मन पर्छ, सारी चोलो धेरै लगाउँछु ।

तपाईँलाई मन पर्ने पुस्तक कुन हो ?
म राजनितिक पुस्तकहरू पढ्न रुचाउछु । विपीको आत्मा वृतान्त धेरै चोटी पढेकी छु ।

तपाईँलाई कुन रंग मनपर्छ ?
मलाई रातो र हरियो रङ्ग मन पर्छ ।

तपाईँ कस्तो सिनेमा हेर्न रुचाउनुहुन्छ ?
मलाई कमेडी फिल्महरू हेर्न रमाइलो लाग्छ ।

तपाईँलाई मनपर्ने हिरो र मनपर्ने हिरोइन को हुन् ?
मलाई हिरोमा श्रीकृष्ण श्रेष्ठ र हिरोइनमा जल शाह एकदमै मन पर्छ ।

गीत गुनगुनाउनुपर्दा तपाईँ कस्तो गीत गुन्गुनाउनु हुन्छ ?
मैले प्रायः नारायण गोपालको गीतहरू गुनगुनाउने गरेकी छु ।

तपाईँलाई पटक्कै मन नपर्ने कुरा के हो ?

महिलाहरूको बारेमा नकारात्मक कुरा गरेको मलाई मन पर्दैन । आफू पनि नगर्ने, अरुले गरेको काममा पनि प्रोत्साहन नगर्ने मान्छे मलाई पटक्कै मन पर्दैन ।

प्रस्तुति : आशिका लम्साल(प्रशिक्षार्थी पत्रकार)

Loading...