fbpx

बक्सिङ खेल्दा घाइते भएका खेलाडीको निधन

विराटनगर ३० असोज । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान मुक्का लागेर घाइते भएका अमेरिकी बक्सर प्याट्रिक डेको मृत्यु भएको छ ।

अमेरिकाको सिकागोमा शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार मृत्यु भएको हो ।

सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाट सिधै हस्पीटल पुर्याइएको थियो। २७ वर्षीय प्याट्रिकको चार दिनपछि बुधबार अस्पतालमा निधन भएको हो। प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए।

गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो।

Loading...