fbpx

अझै विपन्न छन् एक चौथाइ नेपाली

विराटनगर ३० असोज । नागरिक दैनिकमा गरिबी निवारणमा अर्बाैं लगानी अझै विपन्न छन् एक चौथाइ नागरिक शिर्षकमा मुख्य समाचार छ । २०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिबी निवारणमा राज्यले अर्बाैं रुपैयाँ खर्च गरेपनि पाँच नेपालीमा एक जना गरिबीको चपेटामा छन् ।

संयुक्त राष्ट्र संघको आव्हानमा आज (बिहीबार) अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी निवारणको कार्यक्रम प्रभावकारी देखिएको छैन् । लक्षित वर्गको पहिचान अभाव, कार्यक्रममा दोहोरोपना, पटके हिसाबले सञ्चालन जस्ता कारणपनि गरिबी निवारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।

ब्राण्ड बन्दै जुम्ली मार्सी धान शिर्षकको समाचार कान्तिपुर दैनिकको मुख्यपृष्ठमा समाचार छ । दुख धेरै गर्नु पर्ने तर उत्पादन भने कम हुने भएपछि मार्सी धान खेती छोडेका किसानले फेरी मार्सी धान लगाउन थालेका छन् । व्यापारीहरु मार्सी चामल खोज्दै जुम्लाका गाउँ गाउँ पुग्न थालेपछि फेरी रोप्न सुरु गरेका हुन् ।

परिश्रम अनुसार फाइदा नभएपछि छोडेको भएपनि अहिले राम्रो दाम पाउने भएको कारण फेरी मार्सी धान रोप्न थालेको चन्दननाथ १० बारकोटेबाडाका धनबहादुर खत्रीले बताए । जुम्लामा उत्पादन भएको धान मध्ये ६३ प्रतिशत मार्सी धान उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

नयाँ पत्रिका दैनिकमा आलम आतंक शिर्षकमा मुख्य समाचार छ । रौतहटको गौरस्थित जिल्ला प्रहरी कार्यालय भन्दा ११ किलोमिटर पर फरहदवा गाउँका शेख इद्रिसको धरमा २७ चैत्र०६४ मा बम विस्फोटमा घाइते भएका जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताव आलमको डरले प्रहरी पनि सानो समूहमा हिड्न डराउने गरेका छन् ।

घटना भएको १२ वर्षपछि पक्राउ परेका आलमको इलाकामा वितन्डा हुने डरमा प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएको छ । प्रहरी इलाका प्रहरी कार्यालयमा पाल टाँगेर सुत्ने गरेका छन् । सानो भ्यानमा नभइ ट्रकमा नै गस्तीमा जाने गरेका छन् । आलम रौटहट टाइगर नामले समेत चिनिने गरेका छन् । आलम चार पटक मन्त्री भइसकेका हुन् । अहिले स्थित सामन्य भएपनि प्रहरी भने अझै चनाखो रहेको छ ।

Loading...