fbpx

पत्रपत्रिकामा प्रदेश : फौजी किराले बाली सखाप

विराटनगर ३० असोज । सुनसरीको इटहरी, धरान, बराहक्षेत्रमा लगाइएको मकै र तरकारी बालीमा फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित बनेका छन् । फौजी किराको लार्भाले ८० प्रकारकोे अन्नबाली सखाप पार्न सक्छ । मौसममा आएको परिवर्तनले फौजी किराको प्रकोप सुनसरीमा देखापरेको हो । गर्मी महिनामा फौजी किराले एक दिनमै १ सय किलोमिटरको यात्रा पार गर्छ । धरान ५ का शुक्रबहादुर सम्बाहाम्फेले फौजी किराले धान सखाप पारेको बताए । यो वर्ष धान पहिले भन्दा आधा पनि नफल्ने हो कि भन्ने उनलाई चिन्ता छ । किसानको गुनासो आएपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जू भण्डारीले राहतको लागि पहल गर्ने बताइन् । यो समाचार ब्लाष्ट टाइम्समा छ ।

ब्लाष्ट टाइम्समै जरिवाना तिर्न नसक्दा समाजबाट बहिस्कार शिर्षकमा समाचार रहेको छ । मोरङको कटहरी ७ रुपडियाका ७ परिवारलाई समाजले बहिस्कार गरेको छ । मञ्जा सरदार लगायतको ७ परिवारलाई करिब १ सय घरधुरी रहेको रुपडियाका समाज नै बसेर बहिस्कार गरेको हो । सात परिवारका नाबालकले ३ वटा हाँस चोरी गरेको भन्दै सरदार समाजले ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो । न्यून आर्थिक अबस्थाका उनीहरुले जरिवाना तिर्न नसकेपछि बहिस्कार गरेको हो ।

यस्तै सुनसरीको हरिनगरा गाउँपालिका क्षेत्रका एक परिवारपनि सामाजिक बहिस्कारमा परेको छ । दाजुभाईको आपसी झगडाले वडा नं. ३ को मेहताबस्तीको एक परिवार बहिस्कारमा परेको हो । आफ्ना दाजुहरुले गलत लाञ्छना लगाउदै समाजमा बहिस्कारमा पारेको रामदेव मेहताले गुनासो गरे । उनले दाजुहरुले गाउँका अगुवाहरलाई प्रलोभनमा पारेर ५ महिनादेखि बहिस्कारमा राखेको उनको भनाई छ । उनलाई गाउँमा हुने विवाह, श्राद्धलगायतको बेलाको भोजमा समेत प्रतिबन्ध लगाइएको छ ।

प्रेम सञ्जेललाई श्रम विभागको पत्र ठगीका मुद्धा नहेर्नु शिर्षकमा जनविदोह दैनिकमा समाचार छ । वैदेशीक रोजगारीको क्रममा ठगी गर्नेहरु विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेस सञ्जेललाई ठगीका मुद्धा हेर्न श्रम विभागले पत्र नै पठाएर रोक लगाएको छ । अब ठगीका मुद्धा जिल्ला प्रशासन कार्यालय पठाउने गरेको उनले बताए ।

परिवारै अग्र्यानिक खेतीमा शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । मोरङको धनपालथान गाउँपालिका ६ दादरबैरियाका एक किसान परिवारले च्याउ, तरकारीमात्रै नभई धान खेतीपनि अग्र्यानिक रुपमा उत्पादन सुरु गरेका छ । परिवारका पुरै सदस्यले अहिले घरमा सबै कृषि उत्पादन अग्र्यानिक रुपमा गर्न थालेका हुन् । ६२ वर्षीय गणेशप्रसाद राजवंशीको परिवारले अग्र्यानिक खेती सुरु गरेपछि लागत घटाएर उत्पादन भने बढेको जनाएको छ ।

Loading...