fbpx

तालिम केन्द्रकै सईबाट प्रशिक्षर्थी प्रहरी बलत्कृत

नेपालगञ्ज २९ असोज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थीलाई प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले बलात्कार गरेका छन् ।

तालिम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्। सई रानाले दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् । पीडितका आफन्तले दोषीमाथी कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरेको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गर्न निर्देशन दिएको बताए ।

प्रहरी तालिम केन्द्रले भने घटनाको विषयमा प्रतिक्रिया जनाएको छैन्। दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो तालिम केन्द्रले उक्त घटनालाई गुपचुप राख्ने प्रयास गरेको पीडित पक्षको आरोप छ। पीडितको जाहेरीका आधारमा रानालाई पक्राउ गरी अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी शिव सिंहले बताए ।

Loading...