fbpx

कसको पोइ काले पर्‍यो भनेर हेर्न कात्तिक ८ गते हलसम्म पुग्नु पर्ने

विराटनगर, २९ असोज । कात्तिक ८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पोइ पर्‍यो काले’को प्रचार गर्ने क्रम तीब्र रूपमा भइरहेको छ । शिशीर राणाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, राजाराम पौडेल, अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्ममा कसले कसको श्रीमान्–श्रीमतीको भूमिका निभाएको भन्ने कुरालाई केही समयअगाडि सार्वजनिक भएको ट्रेलरमा समेत देखाइएको छैन । फिल्मको मुख्य ट्विस्ट नै यही रहेको र फिल्म हेरेपछि मात्र दर्शकले यसको जवाफ पाउने भनेर फिल्ममा को कसको जोडी भन्ने कुरालाई निक्कै गोप्य राखिएको छ ।

फिल्मलाई लिएर उत्साहित भएका पूजा र आकाश फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्दै ‘को–कसको जोडी’ भन्ने थाहा पाउन हलसम्म पुग्नु पर्ने बताउँछन् । फिल्म पूर्ण रूपमा कमेडी र सामाजिक कथामा बनेको उनीहरुको भनाइ छ । शिशिरको लेखनमा फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, रघु परियार र किरण नेपालीले संयुक्त पमा लगानी गरेर फिल्मलाई निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत दिएका छन् ।

फिल्मको ट्रेलर र सार्वजनिक भएको गीतले राम्रो हाइप निर्माण गर्नुका साथै दर्शकमाझ फिल्मको निकै प्रतिक्षा रहेको देखिन्छ ।

Loading...