fbpx

स्कुटरलाई बसले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

इटहरी, २९ असोज । सुनसरीको धरानमा स्कुटरलाई बसले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा भएको उक्त दुर्घटनामा परी इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर पछाडि सवार राईको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटर चालक उनका श्रीमान् जयबहादुर राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

Loading...