fbpx

सुनको भाउ घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

विराटनगर, २९ असोज । नेपाल सुन चाँदी व्यवसायी महासंकका अनुसार बुधबार सुनको मूल्यमा गिरावट आएको छ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा प्रतितोलामा रु १०० कम भएको महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ । रासस

Loading...