fbpx

रोनाल्डो पेलेभन्दा उत्कृष्ट खेलाडी हुन् : सुपर एजेन्ट मेन्डेस

एजेन्सी, २९ असोज । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले रोनाल्डो ब्राजिलियन लिजेन्ड पेलेभन्दा उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् । ‘टुट्टो स्पोर्ट्स’को कभरका लागि दिएको अन्तर्वार्ताका क्रममा सुपर एजेन्ट मेन्डेसले रोनाल्डो पेलेभन्दा उत्कृष्ट खेलाडी भएको दाबी गरेका हुन् ।

asf

५३ वर्षीय मेन्डेसले ‘टुट्टो स्पोर्ट्स’सँगको अन्तर्वार्तामा भनेका छन्, ‘रोनाल्डो सर्वकालीन बलिया खेलाडी हुन् । तर, उनका लागि अझैपनि उत्कृष्ट समय आउन बाँकी छ, त्यो समय उनी युभेन्टसको जर्सीमा नै आउनेछ । यसमा तपाईं ढुक्क हुनुहोस् ।’

‘संख्या कहिले पनि झुट बोल्दैन,’ उनले थपे, ‘जसरी क्रिस्टियानो रोनाल्डोले कीर्तिन तोडिरहेका छन् । त्यही अनुरुप पनि भन्न सकिन्छ कि उनी फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनीसँग तुलना गरिएका अरु खेलाडीभन्दा धेरै अन्तरले अगाडि छन् ।’

यसैगरी मेन्डेसले रोनाल्डो सबै क्लबहरूको प्रतिनितित्त्व गरी उपलब्धिी हाँसिल गर्न सक्ने क्षमता भएको खेलाडी रहेको बताए । उनले भने, ‘उनी त्यस्ता खेलाडी हुन्, जसले सबै क्लबहरूको प्रतिनिधित्त्व गरी सबैबाट उपलब्धी हाँसिल गर्न सक्छन् । उनले इंग्ल्याण्ड, स्पेन र इटाली गरी सबै क्लबलाई उपलब्धी दिलाएका छन् र आफूले पनि उपलब्धी हाँसिल गरेका छन् । र, पोर्चुगललाई पनि उपलब्धी दिलाएका छन् ।’

रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई २ वटा उपाधि जिताएको भन्दो मेन्डेसले भने, ‘तथ्य त सबैलाई थाहा नै होला । रोनाल्डोले पोर्चुगललाई तीनपटक फाइनलमा पुर्याएका छन् र २ पटक उपाधि नै दिलाएका छन् ।’

asf

हालै मात्र रोनाल्डोले आफ्नो करिअरमा ७ सय गोल पूरा गरेका छन् । पोर्चुगलका लागि ९५ गोल गरेका रोनाल्डोले पोर्चुगिज क्लब स्पोर्टिङ सीपीबाट ३२ खेल खेल्दा ५ गोल गरेका छन् । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका उनले ९ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताए । उनले त्यहाँबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेका छन् । सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस गएका उनले इटालीबाट ३२ गोल गरेका छन् ।

Loading...