fbpx

सहसचिव र उपसचिवमा ६ सय ८८ जनाको लागि लोकसेवाले विज्ञापन खोल्यो

काठमाडौं २९ असोज । लोक सेवा आयोगले स्वास्थ्य तथा निजामती सेवामा सहसचिव र उपसचिव पदमा ६ सय ८८ जना भर्नाको लागि विज्ञापन खोलेको छ । निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो ।

निजामतीतर्फ १ सय८१ जना सहसचिव र ३ सय ९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको माग गरिएको हो । लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सहसचिव र उपसचिव पदमा एकैपटक धेरै संख्यामा विज्ञापन खुलाइएको इतिहासमै पहिलोपटक भएको बताए ।

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको माग गरेको छ । यस्तै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एग्री इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक एक जना सहसचिवको पदमा विज्ञापन गरिएको छ । उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ ।

Loading...