fbpx

रोनाल्डोले क्लब छोड्नेमा विश्वास छैन् : निर्देशक फोवियो

विराटनगर २९ असोज । युभेण्टसका निर्देशक फोवियो पराटिसीले क्रिष्टियानो रोनाल्डो अनुबन्धनको समयभर युभेण्टसमै रहने बताएका छन् । रोनाल्डो यही सिजनमै युभेण्टस छोड्ने हल्ला चलिरहेको बेला उनको यस्तो प्रतिकृया आएको हो ।

उनले अनुबन्धनको समय अघि रोनाल्डोले क्लब नछोड्ने दाबी गरे । उनले यही सिजनमै क्लब छोड्नेमा विश्वास नभएको बताए । सहमति अनुसार रोनाल्डो युभेण्टसमै बस्ने भन्दै उनले रोनाल्डो युभेण्टसमा खुसी रहेको बताए । फेवियोले रोनाल्डोसँग क्लबपनि खुसी रहेको बताए ।

Loading...