fbpx

आपतमा रहेका जीवन शर्मालाई सांसद शान्ता चौधरीको सहयोग

काठमाडौं २९ असोज । आपतमा रहेका जन गायक जीवन शर्मा यतिबेला ठूलो पीडामा छन् । जीवनभर जनताका दुख र पीडाका गित गाउने यी जनगायक शर्माका जेठो छोरा दशैंकै बेला खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर उनका जेष्ठ सुपुत्र सिकिस्त छन् ।

अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ । शर्मालाई यतिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको छ । यसैबीच नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले जीवन शर्मालाई भेटेर केही रकम सहयोग गरेकी छिन् ।

सांसद चौधरीले जनगायकलाई ‘तपाईं जनताको प्रिय मान्छे हो, हामी सबैको साथ तपाईंलाई रहने छ’ भन्दै छोरा अमृत आचार्यको स्वास्थ लाभको कामना गरिन् । उनले जीवन शर्मालाई समस्यामा देखेपछि सबै नेपाली दाजुभाईहरुलाई उनलाई सहयोग गर्न आग्रह गरे ।

जनगायक जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा स्नातकोत्तर गरेर पनि सर्वहाराको गित गाउँदै आएका छन् । गायक जीवन शर्मालाई भेट्न हस्पिटल पुग्दा शान्ता चौधरी निक्कै भावुक बनेकी थिइन् ।

Loading...