fbpx

राष्ट्रपति भण्डारी म्यानमार जाँदै

काठमाण्डौ २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको भ्रमणमा जाँदै छिन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली टोलीको नेतृत्व गर्दै बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको छ ।

मन्त्रालयका अनुसार राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्ने छिन् । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि उनले भेट गर्ने कार्यक्रम छ । पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग भ्रमणका क्रममा उनले भेट गर्ने छिन् ।

भ्रमणकै क्रममा बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि पुग्ने छिन् । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी कार्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Loading...